डोटी : डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । केआईसी गाउँपालिकाको वडा नम्बर ३, देउरडीमा से १ ज २६५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप दुर्घटना भएको हो ।

सोही गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आउँदै गरेको जीप बिहान साढे ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीपका ११ जना यात्रु रहेका थिए । जीप चालक खेमराज ओझा सहित तीन जनाको मृत्यु भएको र बाँकी घाइते भएका छन् । उद्वारको लागि प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत जिवरण आउन अझै समय लाग्ने बताइएको छ ।अन्न पूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर