पाँचथर, मंसिर ७ / पाँचथरको रानीटार ८ स्थित तमाखेमा एक अर्धवैसे ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । तमाखे घले गाउँ जाने कच्चि गोरटो बाटोमा पर्ने भिरदेखि केहि तल लडिरहेको अवस्थामा बेलुका उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानियले वताए अनुसार रानीटार ८ वस्ने ५१ वर्षिय जरमान गुरुङ रहेका छन् । घरमा गाँउतर्फ काम गर्ने जान्छु भनि हिडेंका तर स्थानियले भने भिरमा लडीरहेको अवस्थामा फेला पारी प्रहरीलाई खवर गरेका थिए । उनको पोष्टमाटम भइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर