महोत्तरीःमहोत्तरीको जाउँखमा कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटनामा परेको छ ।
पौडेल चढेको गाडी दुर्घटना परेपनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ । बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको हो । गाडीमा सामान्य क्षतिमात्र पुगेको छ ।
दुर्घटनाग्रस्त जीप त्यहीँ छाडेर पौडेल अर्काे गाडीमा जलेश्वर हिँडेका छन् । सदरमुकाम जलेश्वरमा पौडेलको कार्यकार्ता भेटघाट कार्यक्रम रहेको छ ।



