पोखरा, ८  मंसिर । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन  अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

आज बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते भएको उनले जानकारी दिए ।

एभिया क्लबका अनुसार म्याक्सिमोभ १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन् ।

अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर उचाइमा पुर्‍याएपछि ह्याङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्ररुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाई तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाउँदा दुर्घटना भएको थियो ।

अल्ट्रालाइटले तानेको ह्याङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah