काठमाडौं, ३० भदौ । युरोपेली मानवअधिकार अदालतले ब्रिटिस सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सनको मामिलामा ब्रिटिस सरकारले भेदभाव नगरेको ठहर गरेको छ ।

भूतपूर्व गोर्खाहरुले पेन्सनमा भेदभाव भएको भन्दै फ्रान्सको स्ट्रायजवर्गमा रहेको अदालतमा झण्डै पाँच वर्ष पहिले मुद्दा हालेका थिए । तर, अदालतले उनीहरुको विपक्षमा फैसला सुनाएको छ ।

युरोपेली मानवअधिकारसम्वन्धी माहासन्धिको धारा ११ र धारा १ अनुरुप भूवपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई भेदभाव गरिएको भन्ने कुनै आधार नभेटिएको अदालतले बताएको छ ।

भूतपूर्व गोर्खा सैनिकहरुले भने ब्रिगेड अफ गुर्खाजबाट सेवानिवृत्त अन्य सैनिकहरुको तुलनामा आफूहरुलाई पेन्सनमा भेदभाव भएको दाबी गरेका थिए । १ जुलाई १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिस गोर्खा सैनिकहरुले समकक्षीहरुको तुलनामा झण्डै एक तिहाइ मात्र पेन्सन पाउने गरेका छन् ।
यस्तै मुद्दामा ब्रिटेनकै उच्च अदालतले पनि भूतपूर्व गोर्खा सैनिकहरुलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah