एजेन्सी, ३० भदौ । बलिउड अभिनेत्री क्याट्रिना कैफका फिल्महरु केही समययता खासै चलेका छैनन् । तैपनि बजारमा उनको काफी चर्चा छ ।

उनको यही बीचमा अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’ पनि भएको खबर सार्वजनिक भए । यही भएर पनि उनले नयाँ फिल्मको मौका नपाएको चर्चा छ ।

तर पनि अब क्याट्रिनाको जीवनमा नयाँ खुसी आएको छ । उनलाई फिल्म ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा है’मा प्रमुख भूमिका दिने भइएको छ त्यो पनि उनका पूर्वप्रेमी सलमान खानको सहयोगमा । यही चर्चा छ अहिले बलिउडमा ।

यस्तो अनुमान गर्नुका पछाडि केही आधारहरु पनि छन् । त्यो हो पछिल्लो समय सलमान र क्याट्रिना बारम्बार भेटिरहेका छन् ।

टाइगर जिन्दा हैमा सलमानलाई मुख्य भूमिकामा लिने निर्माण पक्षले यसअघि नै बताइसकेको छ । बलिउडमा फेरि एकपटक क्याट्रिना र सलमानको जोडी जम्ला त ? जोडी जमोस् कि नजमोस् तर उनीहरु फेरि एकपटक सँगै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय