काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री प्रचण्डले आफ्नो पदमा खतरा नपुग्ने सर्तमा मात्र संसद्मा संशोधन विधेयक पेस गर्ने अडान लिएका छन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रस्ताव अस्वीकार्य भएको अवस्थामा राजीनामा गर्नुपर्ने परिस्थिति आउने हुँदा त्यसअघि नै संशोधन विधेयकको बुँदामा मधेसी मोर्चाको अनुमोदन हुनुपर्ने नयाँ सर्त उनले बुधबार मधेसी दलहरुसँगको वार्तामा राखे ।

मधेसी मोर्चालाई सहमतिमा ल्याई संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने उद्देश्यसाथ बुधबार बसेको मोर्चा सत्ता गठबन्धन बैठकमा प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्षी उमालेले संशोधन प्रस्ताव अस्वीकार गरिसकेको छ । अहिले मोर्चाका केही नेताले सर्त थप्दै गएका छन् । यस्तो परिस्थितिमा मैले संशोधन प्रस्ताव ल्याउन सक्दिन । प्रस्ताव असफल भए मैले नैतिक रुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय