काठमाडौं, ९ मंसिर । प्रचण्ड सरकारले जनताको हित विपरीत संविधान संशोधन गर्न लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा अोलीले अान्दोलनका लागि सडकमा उत्रन कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । तर, प्रचण्ड भने संविधान संशोधन गरेरै छाड्ने बताइरहेका छन् ।

बिहीबार एमाले विद्यार्थी र युवा संगठनले राजधानीमा अायोजना गरेको एक कार्यक्रममा अोली मधेशवादी दल र सरकारबिरुद्ध कडा रुपमा प्रस्तुत भए । अध्यक्ष अोलीले प्रचण्ड सरकार बाहिरी चलखेलबाट बनेको भन्दै सरकार प्रायोजित ढंगले घातक बनेको टिप्पणी गरे । त्यसै शिलशिलामा उनले प्रधानमन्त्रीलाई चेतावनी दिंदै भने, ‘सदनमा एमाले पनि छ याद राख्नुहोला ।’

साथै एमाले अध्यक्ष अोलीले राष्ट्रियताको विषयमा सतर्क हुन कार्यकर्ताहरुलाई अाग्रह गरे ।

अध्यक्ष अोलीले अाफूले राजीनामा दिएको चार महिना भएको र हालसम्म प्रचण्ड सरकारले पनि लामो समय गुजार्दा पनि कामभन्दा कुरा बढी गरेको उल्लेख गर्दै भने, ‘तास फिटे जस्तो गरी कुरा मात्र फिट्नु बाहेक अरु केही गरेको छैन ।’ साझापोस्ट बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah