काठमाडौं, ३१ भदौ ।कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवासँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाईं एयरपोर्टबाटै फोन गर्न सक्नुहुन्छ । त्यो पनि पीसीओबाट होइन, आफ्नै मोबाइलबाट ।

श्रम स्वीकृति र भिसा हुनेले नेपालबाट आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका आजकोकान्तिपुरमा खबर छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । अरु कम्पनीले पनि चाँडै नै सुरु गर्दै छन् । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।

‘नेपालमा विदेशी सिमकार्ड ल्याएर बिक्रि गर्न ७ कम्पनीले अनुमति पाएका छन्,’ नेपाल सदूरसंचार प्राधिकरणका प्रवक्ता मीनपूसाद अर्यालले भने, ‘तर सबैले सेवा सुरु गरिसकेका छैनन् ।’ यसरी अनुमति पाएकाहरुमा हाइल्यान्ड इन्टरनेसनल, सीएम ट्रेडिङ इन्टरप्रइजेज, ओरेन्ज इन्टरनेसनल, टेली कनेक्ट, सिद्धि विनायक इन्टरप्राइजेज, सीजी नेटक्लाउड र हाइलाइट्स नेपाल प्रालि छन् । यी कम्पनीले विदेशी सिमकार्ड नेपालमा ल्याएर बिक्री गर्न पाउनेछन् । तर, उनीहरुले नेपालमा एक्टिभ हुने र रोमिङ सुविधा भएका सिमकार्ड बेच्न पाउँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah