पोखरा, १० मंसिर । राष्ट्रिय युवा अभियान कास्कीले वडा प्रहरी कार्यालय बगरलाई टिभी गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नया शक्ति पार्टीको भातृ युवा संगठन राष्ट्रिय युवा अभियान कास्कीले एक थान टिभी प्रदान गरेको हो ।  राष्ट्रिय युवा अभियानको प्रथम अधिवेशन फागुन १९ देखि २१ र राष्ट्रिय युवा अभियानको आयोजनामा हुने राष्ट्रिय भलिवल प्रतियोगिताको पूर्व सन्ध्यामा बगर प्रहरी कार्यालयलाई टेलिभिजन हस्तान्तरण गरिएको राष्ट्रिय युवा अभियानका केन्द्रिय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भरत गुरुङले जानकारी दिए ।

सो समारोहमा नया शक्ति नेपाल कास्कीका संयोजक हेम बहादुर थापा र राष्ट्रिय युवा अभियान केन्द्रिय सचिवालय सदस्य कुमार गुरुङले वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्साललाई १९ इन्चको एलईडी टेलिभिजन हस्तान्तरण गरेका हुन ।  टिभी हस्तान्तरण गर्दै राष्ट्रिय युवा अभियान केन्द्रिय सचिवालय सदस्य कुमार गुरुङले युवाहरु पछिल्लो समयमा लागुऔषध दुर्व्यसनीतर्फ उन्मुख भइरहेकाले यसको रोकथामका लागि युवा अभियानले सक्रिय रुपमा अगाडी वढि युवाहरुलाई खेलकुदप्रति प्रेरित गराई प्रहरीसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

वडा प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले प्रहरी र नागरिक बीच सहकार्य रहेमा मात्र सम्मुनत समाजको निर्माण हुने भएकाले आगामी दिनमा युवाहरुसँग हातेमालो गर्दै अगाडी बढ्न आफु सदैव तयार रहेको बताए ।  सो अवसरमा राष्ट्रिय युवा अभियानका केन्द्रिय सदस्य तथा जिल्ला सदस्यहरु शेरमान गुरुङ, मनोज ढकाल, कमल तिलिजा पुन, देव क्षेत्री, रमेश छन्त्याल, विष्णु बराल, बेनी भाइ र सन्तोष गायकको सहभागिता रहेको कार्यक्रम संयोजक भरत गुरुङले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah