कास्की – पोखरामा लामो समयसम्म एक युवकले आतंक मच्चाए । रातको समयमा गल्ली–गल्ली डुलेर युवतीलाई शृंखलाबद्व रुपमा आक्रमण र हत्या प्रयास चल्यो ।

भारतको मध्यप्रदेश घर भई पोखरा बस्ने ३० वर्षीय अखिलेश झाले यस्तो आतंक मच्चाएका थिए ।

पोखरामा ह्यान्डिक्राफ्ट चलाउने झाले १७ जनालाई आक्रमण गरे । जसमा तीन जनाको ज्यान गयो ।

गत भदौमा प्रहरीले उनलाई निकै ठूलो मेहनतपछि पक्राउ गरेको थियो । सुरुमा हत्या अस्वीकार गरेका उनले पछि विनापश्चात्ताप घटना स्वीकार गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्वी बज्राचार्यका अनुसार पहिलो घटना गत वर्ष ७ पुसमा भयो ।

पोखराको इन्द्रपुरी टोलको सडकमा एक १८ वर्षीया युवती हिँडिरहेकी थिइन् । झाले उनलाई ढुंगाले टाउकोमा हानेर घाइते बनाई घिसारेर सडक छेउमा राखे अनि मोटरसाइकल चढेर भागे ।

त्यसको ३८ दिनपछि मालेपाटनमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला पर्यो । स्टेप बाई स्टेप बोर्डिङ स्कुलनजिकै रहेको ऋषिराम बरालको घरको कम्पाउन्डमा मोरङ घर भएकी सरस्वती लिम्बूको शव भेटिएको थियो । सो घटनाबारे प्रहरीले लामो समय अनुसन्धान गरे पनि केही पत्ता लागेन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah