काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष कमल थापा चुनिएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकतापछि आइतबार बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
थापा यसअघि राप्रपा नेपालको संसदीय दलको नेता थिए ।
आइतबारको बैठकमा एकताअघिको राप्रपाका संसदीय दलका नेता दिपक बोहोराले थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । बोहोराको प्रस्तावमा सबै सांसदले समर्थन जनाए ।
त्यसपछि नवनियुक्त संसदीय दलको नेता थापाले बोहोरालाई उपनेतामा प्रस्ताव गरे । उनको नाम पनि सर्वसम्मत रुपमा पास भयो । राप्रपाको संसदमा ३७ सिट छ ।



