बिष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक अस्पतालमा डेंगु ज्वरो परिक्षणको क्रममा पत्रकार तथा सञ्चारकर्मीहरुलाई डेंगु ज्वरो देखापरेपछि यहाँ कार्यरत केहि स्वास्थ्यर्मीहरुले खुसियाली मनाएको बताईएको छ । डेंगु ज्वरो नियण्त्रण, बिरामीको जाँच र उपचारमा लापरवाहि भइरहेको बिषयमा पत्रकारहरुले अस्पतालमा गएर बारम्बार समचार तयार पार्ने गरेपछि यहाँ कार्यरत केहि स्वास्थ्यकर्मीहरु रुष्ट बन्दै आएका थिए ।
दमकमा क्रियाशिल रहनु भएका पत्रकार महासंघ झापाका सहसचिब गोपाल झापाली, पत्रकार मीनप्रकाश उप्रेती र सञ्चारकर्मी रचना उप्रेती डेंगु ज्वरोबाट पीडित बनिसकेकाछन् भने सोमबार थाहाखबर नेटवर्कका पत्रकार चिरञ्जिबि घिमिरेलाई पनि डेंगु ज्वरो भएको प्रमाणित भएको छ । घिमिरेलाई डेंगु ज्वरो भएको प्रमाणित भएपछि यहाँ कार्यरत केहि स्वास्थ्यकर्मीहरु खुसियाली मनाएको बताईएको हो ।
त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले दिएको जानकारी अनुसार अस्पताल र डेंगु ज्वरोको बिषयलाइ लिएर आफूहरुलाई बद्नाम गर्न खोजिएको भन्दै पत्रकारलाइ डेंगु लाग्दा खुसि मनाएका थिए । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले आफ्नो नाम बाहिर नल्याउन आग्रह गर्दै भन्नुभयो–‘धेरै खेदो गरेकाले डेंगु भएछ राम्रै भयो, अरु पत्रकारलाई पनि लाग्नु पर्यो भन्दै खुसि मनाएको पाए ।’ जिल्ला जनस्वास्थ्य कार्यालय र दमक अस्पतालले अहिले पनि रगत परिक्षणका लागि ल्यावको ब्यवस्थापन गरेको छैन ।
डेंगु ज्वरोको शंकाश्पद बिरामी तथा लक्षण भएकाहरु र डेंगु ज्वरोका प्रमाणित भएकाहरुको रगतमा प्लेटलेट्सको मात्र र डब्लुबिसि प्रत्येक दिन हेर्नु पर्ने हुन्छ । जिल्ला जन स्वास्थ्य कार्यालयले दूइसाता अघिदेखि नै रगत परिक्षणको ब्यवस्था अस्पतालमा नै मिलाएको बताएपनि आँखा छल्ने काम मात्र गरेको रहस्य पनि खुलेको छ । अस्पताल परिसरमा नै रगत संकलन गर्ने र नीजि अस्पतालको ल्यावमा लगेर परिक्षण गर्ने गरेको रहस्य खुलेको हो ।
अस्पताल परिसरमा दूइ जना ल्यावका कर्मचारी राखेर रगत लिएर नजिक रहेको लाइफलाइन अस्पतालको ल्याव लगेर रगतको रिपोर्ट दिने गरेको पाईएको छ । रगत लिएको ३ घण्टापछि रिर्पोट लिन आउने भन्ने गरेको र अबेर गरेर आज रगत दिदा भोलीमात्र रिर्पोट आउने गरेको पनि बिरामीहरुले बताएकाछन् । रगत परिक्षणको सेवा भने निशुल्क नै हुदै आएको जनाईएको छ । आवश्यक श्रोत साधनको अभावका कारणले गर्दा अस्पतालमा एमरजेन्सि सेवा र ल्याव अहिले पनि सञ्चालनमा नआएको अस्पतालका साहयक प्रमुख नगेन्द्र भट्राइले बताउनु भयो ।

डेंगु ज्वरोको महामारी फैलिएपछि पनि जनस्वास्थ्य कार्यालयले यसलाई रोकथाम, जाँच र उपचारमा प्रभावकारी काम नगरेपछि पत्रकार तथा सञ्चारकर्मीहरुले बारम्बार रुपमा यस बिषयमा समचार प्रशारण तथा प्रकाशन गरेपछि स्वास्थ्यकर्मी र जनस्वास्थ्य कार्यालयका कर्मचारीहरु रुष्ट बन्दै आएकाछन् । दमकमा पत्रकारसंगको अन्तरक्रियामा पत्रकारहरुले बारम्बार रुपमा अन्तरक्रिया र छलफलको नाममा बजेट नसक्न र प्रभावकारी काम गर्न भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रचारमूखि कार्यक्रममा सहभागिता नजनाउने घोषणा समेत गरेका थिए ।
प्रभाकारी रुपमा डेंगु ज्वरोको रोकथाम, उपचार र ब्यवस्थापनमा काम केहि नगर्ने र प्रचारमूखि भएर राम्रो तथा सकारत्मक समचार लेख्नलाई जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले बारम्बार आग्रह गर्ने गरेको बिषय आफूहरुले अस्वीकार गरेको डेंगु ज्वरो देखिएका पत्रकार चिरञ्जिबि घिमिरेले बताउनु भयो । उहाँका अनुसार रगतको रिर्पोट लिनका लागि करिब ३ घण्टा कुर्नु परेको थियो । ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार सामान्यतय रगतको जाँच गरेर रिर्पोट दिनका लागि बढिमा आधादेखि एकघण्टाभन्दा नलाग्नु पर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah