सोलुखुम्बु, मंसिर १३ गते। सोमबार बिहान गएको भूकम्पका कारण माथीबाट खसेको ढुङाले लागेर सोलखुम्बुमा एक जनाको ज्यान गएको छ। माथीबाट खसेको ढुङाले टाउकोमा लाग्दा सोलुखुम्बु खुम्जुड-८ बस्ने थुनुरु शेर्पा (गाईड) को मृत्यु भएको हो। खुम्जुङ ७ स्थित आमाडब्लम बेश क्याम्पमा बसेको अवस्थामा बिहान गएको भूकम्पले माथीबाट खसेको ढुङाले शेर्पाको टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। शेर्पालाई उपचारकालागी हेलिकप्टबाट काठमाण्डौतर्फ लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। त्यस्तै भूकम्पले जिल्लाको चौरीखर्क ८ लुक्लाबजारका खेवास शेर्पा र पेम्वा तामाङको ढुङा माटोले बनेको घरको गारो भत्किएको छ। घरको गारो भत्किंदा शेर्पाको अन्दाजी १० हजार तथा तामाङको ५० हजार बराबरको क्षति भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah