मंसिर १४ ,आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी चलिरहेको थियो । अचानक एक युवति रुँदै कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि राखिएको शवलाई अंगालो हालिन् । भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ? मलाई पनि संगै लैजाऊ ”यस्तै विलौना गर्दै युवति चिच्याई रहेकी थिइन् । केही क्षणमा उनी त्यही अचेत बनिन ।
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो । महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो । दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) लगनगाठोमा कस्ने उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो । घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना मृतक महेश प्रति हार्दिक सद्धाञ्जली । अलविदा महेश,  हार्दिक श्रद्धाञ्जली ।।

प्रतिक्रिया

सम्बन्धित खवर