ताप्लेजुङ १४ मंसिर / भारतीय सरकारले ठूला दरका भारतीय नोटमा बन्देज लगाएपछि पुर्वमा ठप्प बनेको अलैंचीको कारोबार पुन सुरु भएको छ ।

नेपाल अलैँची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँचसय र एक हजारको नोट सटहि गरी भारतिय व्यापारीले रकम जोहो गरेकाले पुन अलैचिको कारोबार सुरु भएको हो ।

नोटमा बन्देज लगाएपछि भारतिय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआएपछि नेपालका व्यवसायीले सुचना निकालेरै कारोबार ठप्प पारेका थिए ।  अहिले झापाको विर्तामोडमा प्रति मन ५४ हजार र ताप्लेजुङमा ५२ हजारमा अलैचिको कारोबार भईरहेको व्यवसायिहरुले बताएका छन् ।

यसअघि अलैंची कारोबार ठप्प हुदा सबै भन्दा बढि अलैचि उत्पादन हुने ताप्लेजुङ सहित, पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा लगायत पुर्वकाका  किसान मारमा परेका थिए । अलैचि कारोबार गर्ने समयमा नोट प्रतिबन्ध भएपछि अलैचि निर्यात १० प्रतिशतमा सीमित भएको थियो ।

कृषिजन्य वस्तु मध्ये सबैभन्दा महँगोमा भारतिय बजारमा बिक्ने अलैंची हो । नेपालको वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारत निर्यात हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah