
काठमाडौं, १५ मंसिर । वस्तु तथा सेवा खरिदका लागि काठमाडौं उपत्यकाभन्दा मुलुकको अन्य क्षेत्र बढी महँगो देखिएको छ ।
आजको कान्तिपुरमा खबर छ– काठमाडौं उपत्यकाको तुलनामा पहाडी, हिमाली र तराई क्षेत्रमा सामान किन्न बढी खर्चिनुपर्ने सरकारी प्रतिवेदनमै देखिएको छ ।
राष्ट्रबैंकको तथ्यांकअनुसार गत असोजसम्म काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृघिदर ५ दशमलव ७ प्रतिशत र पहाडमा ८ दशमलव ९ प्रतिशत छ ।
यो मुलुकका अन्य क्षेत्र (हिमाल र तराई) भन्दा पनि बढी हो । गत वार्षको सोही अवधिमा यस्तो वृघिदर काठमाडौं उपत्यकामा ९ दशमलव १ र पहाडमा ८ दशमलव ५ प्रतिशत थियो ।
राष्ट्र बैंकले काठमाडौंलाई अन्य पहाडभन्दा अलग्गै राखेर विश्लेषण गर्छ ।