काठमाडौं, १५ मंसिर – चिकित्सा क्षेत्र सुधार लगायतको माग राख्दै १८ दिनदेखि अनशनरत डा गोविन्द केसीको मागको विषयमा आज बुधबार पनि वार्ता हुँदैछ।

डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले सकेसम्म आजै अनशन तोडाउने गरी काम भइरहेको सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए।

सबै विषयमा सहमति नजिकै रहेकाले बुधबार अन्तिम पटक वार्तामा बसेर अनशन तोडाउने सरकारको तयारी रहेको उनले जानकारी दिए। सरकारले डा केसीले उठाएका माग सम्बोधन गर्न भन्दै गएको शनिबार शिक्षा सचिव श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती सम्मिलित टोली गठन गरेको छ।

टोलीले आइतबारदेखि डा केसीका प्रतिनिधिबिच वार्ता गरिरहेको छ। यसैबिच शिक्षण अस्पताल अन्तर्गतको आवासीय चिकित्सक संघले बुधबार बेलुकासम्म पनि डा गोविन्द केसीले उठाएका माग सम्बोधन नभए आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ।

संघले मंगलबार बेलुका विज्ञप्ती निकालेर अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको माग सम्बोधनमा सरकार उदासिन देखिएको भन्दै माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको हो। DCNEPAL.COM बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय