
अर्घाखाँची, मंसिर १५ । ५ नम्बर प्रदेश ‘टुक्र्याएर’ सरकारले संविधान संशोधन प्रस्ताव विधेयक व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ ।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघ अर्घाखाँचीले जिल्ला अनिश्चितकालका लागि बन्द गरेको हो ।
बन्दका कारण बुधबार बिहानैदेखि छोटो तथा लामो दुरीमा चल्ने सवारी–साधन ठप्प छन् । पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द भएका छन् ।
बन्दका कारण प्रेस, शवबाहन, दूधका गाडी एम्बुलेन्सबाहेकका अरु सवारी–साधनहरु चल्न सकेका छैनन् ।