काठमाडौं, १५ मंसिर । डा. गोविन्द केसीसँगको वार्तामा कुरा नमिलेपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने भएका छन् ।
रेजिडेन्ट डक्टर्स एसोसिएसनको हिजो बसेको बैठकले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको हो । डा. गोविन्द केसीका माग पूरा गराउन दबाव दिने उद्देश्यले रेजिडेन्ट डाक्टर (आवासीय चिकित्सक)हरुले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।
यसअघि उनीहरुले बहिरङ सेवामा काम गरेका थिएनन् । आकस्मिक बाहेका सबै सेवामा आवासीय चिकित्सक सहभागि नभएप्छि शिक्षण अस्प्तालको सेवा प्रभावित भएको छ । डा. केसी १७ दिनदेखि आमरण अनसनमा छन् ।
सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता चलिरहे पनि निष्कर्षमा पुगेको छैन । आज चौथोदिन पनि वार्ताको तयारी भने भइरहेको छ ।



