काठमाडौं, १५ मंसिर । संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेका भातृ संगठनहरुको प्रर्दशनमा पहिलो दिनै उदण्डता देखिन थालेको छ ।
बुधबार विहानैदेखि बुटबलमा टायर बालेर प्रदर्शन गरिरहेका एमालेका भातृसंगठनहरुले बुटवल बन्दको घोषणा समेत गरेका छन् ।
यसैगरी विना जानकारी काठमाडौंको बानेश्वरमा चक्काजाम गरेको एमाले युवा र विद्यार्थी संगठनका कार्यकर्ताहरुले टायर बालेर बानेश्वर क्षेत्रलाई तुवालोमय बनाएका छन् ।
खबरडबली सहकर्मीका अनुसार संविधान संशोधन विद्येयक फिर्ता गर भन्दै सडकमा नारा लगाईरहेका एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा साइकल र एम्बुलेन्सलाई समेत चल्न दिएका छैनन् ।

बुटबलको देवदह खैरिनीमा एक नीजि कारमा बन्दकर्ताहरुले गरेको आगजनी
यसैगरी बुटबलको देवदह खैरिनीमा एक नीजि कारमा बन्दकर्ताहरुले आगजनि गरेका छन् भने कारमा भएको आगजनीलाई तार सट भएर भएको हो भनेर हल्ला चलाइएको भएपनि एमालेका एक उच्चस्तरका नेताले प्रहरीमा फोन गरेर कारको क्षतिपूर्ति आफुले तिर्ने तर बन्दकर्ताले गरेको नभई तार सट भएको भनिदिन आग्रह गरेको एक सुत्रले बताएको छ ।
यसअघिका आन्दोलनमा सडकमा टायर बाल्न नदिने भन्दै हस्तक्षेप गर्ने गरेको प्रहरी प्रशासन समेत आजको एमालेको आन्दोलनमा मुकदर्शक भएर हेरिरहेको छ ।



