काठमाडौं, १५ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनताविरुद्ध जनता भड्काउने आत्मघाती राजनीति नगर्न आग्रह गरेका छन् ।

झण्डै दुई वर्ष अगाडि आफैंले संवैधानिक-राजनीतिक संवाद समितिमा पेश गरेको प्रस्ताव अहिले सरकारले अगाडि बढाउँदा एमाले आगजनी र तोडफोडमा उत्रिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यसको विरोध गरेका हुन् । उनले घुमाउरो भाषामा एमालेलाई प्रश्न गर्दै भनेका छन्, ‘एमाले-कांग्रेस ले २०७१ कार्तिक १७ गते संवैधानिक -राजनीतिक सम्वाद समितिमा पेश गरेको ७ प्रदेशको प्रस्ताव (पहिलो नक्सा ) र अहिले सरकारले प्रस्तुत गरेको संशोधन प्रस्ताव (दोश्रो नक्सा )बीच के तात्विक अन्तर छ ? दुवैमा तराई/मधेसमा दुइ प्रदेश छैनन् र ?’

भट्टराई संवाद समितिको सभापति हुँदा एमाले-कांग्रेसले झण्डै दुई वर्ष अगाडि अहिले सरकारले अगाडि बढाएको जस्तै प्रस्ताव अगाडि सारेको थियो । दोहोरो राजनीतिक चरित्र देखाउने नेताहरुलाई भट्टराईले जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘आफुले प्रस्ताव गर्दा त्यसले देश नटुक्राउने र त्यो ठुलो ‘ राष्ट्रवादी’ कदम हुने तर अहिले अरूले प्रस्तावित गर्दा त्यसले देश टुक्राउने र ‘राष्ट्रघाती’ हुने यो कस्तो तर्क हो ?,’ उनको प्रश्न छ, ‘आफु सरकारमा हुँदा आन्दोलनकारीहरू ‘अपराधी’ हुने तर आज आफुले सडकमा टायर बाल्दा र सार्वजनिक सम्पत्ति तोड़फोड़ गर्दा चाहिं ‘महात्मा बुद्ध’ हुने ?’

पुराना दलका नेताहरुप्रति व्यंग्य गर्दै भनेका छन्, ‘धन्य छ नेपालका पुराना राजनीतिक दल र नेताहरूको दोहोरो चरित्र !’ सामाजिक सञ्जालमार्फत उनले अगाडि भनेका छन्, ‘सबै जिम्मेवार बनौं, जनता विरूद्ध जनता भड्काउने आत्मघाती राजनीति नगरौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah