युवा संघ नेपाल झापा जिल्ला समिति र अनेरास्ववियु झापाले संयुक्त रुपमा बुधबार संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरे।  दमक चोकमा भेला भएका एमालेका नेता तथा कार्यकर्ताहरुले प्रस्तावित संविधान संशोधनको प्रस्तावको खाका जलाएका थिए। कार्यक्रममा बोल्दै नेकपा एमाले झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय इञ्चार्ज होम बहादुर थापाले विदेशीको इशारामा दर्ता भएको संशोधन प्रस्ताव एमालेलाई मान्य नहुने बताए,’अहिलेको सरकाले भारतको इशारमा संसोधन प्रस्ताव दर्ता गराएको छ, यो एमाललेले कुनै पनि हालतमा पास हुन दिदैन।’ 

कार्यक्रममा बोल्दै नेकपा एमालेका क्षेत्रीय अध्यक्ष बोधराज न्यौपानेले प्रदेश नम्बरलाई टुक्राएर मधेश र पहाडलाई अलग्याउन खोजेको दाबी गरे।  उनले भने,’सरकारले प्रदेश नम्बर ५ लाई टुक्राएर सुरुवात मात्र गरेको छ, मधेशवादी दलहरुको चाहना अनुसार झापा, मोरङ, सुनसरी पनि टुक्राएर एक नम्बर प्रदेशलाई समेत टुक्राउने उनीहरुको उदेश्‍य छ। यो कुनै हालतमा हामीलाई मान्य हुदैन।’ थाहाखबर बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah