चिकित्साशास्त्र क्षेत्रको विकृतीविरुद्ध अनशनरत डा. गोविन्द केसीको समर्थनमा काभ्रे,झापा,जाजरकोटलगायत जिल्लामा ऐक्यबद्धता जनाइएको छ ।

काभ्रेस्थित काठमाडौं विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुले बुधबार केसीका माग पुरा गर्न दबाब दिदैंँ प्लेकार्डसहित प्रदर्शन गरेका छन् । विद्यर्थाीहरुले केसीको त्यागबाट विश्वविद्यालयले केही सिक्नुपर्ने बताए । विश्वविद्यालय प्राध्यापक संघ (कुपा) का अध्यक्ष वेदमणि दाहालले केसीले राखेका माग विश्वविद्यालय सुधारका लागि भएकाले ऐक्यबद्धता जनाएको बताए । विश्विद्यालयमा अख्तियारले हस्तक्षेप गरेर परीक्षा सञ्चालन गरेको र मेडिकल शुल्कलगायत केयुसँग सम्बन्धित विषय केसीले राखेको मागमा उल्लेख छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

झापाका युवाले २४ घन्टे अनशन शुरु गरेका छन् । काँकडभिट्टाका ९ युवाले स्थानीय देवकोटा पार्क स्थलमा वुधबार बिहान ८ वजेदेखि अनसन शुरु गरेका हुन् । गणेश खरेल, फडिन्द्र घिमिरे, शेखर थापा, प्रविन बानियाँ, तुलसी वस्नेत, यामप्रसाद दाहाल, दिपेश सुवेदी, दिपेश दाहाल र दुर्गा दाहाल अनसनमा सहभागी छन् ।

उनीहरुले मेडिकल र शिक्षा क्षेत्रमा व्याप्त माफियातन्त्र र राजनीतिक भागबन्डा तत्काल बन्द गर्न सरकारलाई आव्हान समेत गरेका छन् । ‘माफियातन्त्रको विरुद्ध अनसनमा बसेका केसीको महाअभियानलाई सघाउन भोक हड्ताल सुरु गरेका हांै,’ अनशन बसेका गणेश खरेलले भने, ‘उनले राखेका माग तत्काल पुरा गर्न सरकारलाई आग्रह गर्दछाै ।’ यसअघि मंगलवार झापा, दमकमा नयाँ शक्ति नेपाल पार्टीको विद्यार्थी संगठनले प्रदर्शन गरेको थियो ।

केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जाजरकोटका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा अनिश्चतकालिन वन्द गरेका छन् । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि जाजरकोट अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाका आपतकालीन सेवा वाहेकका अन्य सवै ठप्प भए । केसीले उठाएका जायज मागको सरकार र राजनीतिक दलले वेवास्ता गरेको विज्ञप्ती मार्फत पनि आन्दोलन प्रति ऐक्यवद्धता जनाइएको छ ।

अनशनको १८ औं दिनसम्म पनि सरकार र अन्य सरोकारवालाले कुनै चासो नदिएको विरोधमा जाजरकोट अस्पतालको बहिरंग लगायत सेवा अनिश्चितकालका लागि वन्द गरेको डा। चाँदनी जैसवालले बताईन् । यहाँ कार्यरत चिकित्सक सहित सबै स्वास्थ्यकर्मीले केसीको सत्याग्रह प्रति पुर्ण साथ दिने गरी आन्दोलनको घोषणा गरेको उनको भनाई छ । ‘भावी पुस्ताका लागि डा। केसीले उठाएका माग जायज छन्,’ डा जैसवाले भनिन् ।

त्रिवि उपकुलपति तीर्थ खनीयाको बर्खास्ती र चिकिस्ताशास्त्र अध्ययन संस्थानमा प्रध्यापकलाई वरिष्ठताका आधारमा डिन नियक्ति हुनुपर्ने लगायतमा मागप्रति सरकारले वेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah