दमक÷झापाको दमकलाइ केन्द्रबिन्दु बनाएर लामो समयदेखि पत्रकारिता गदै आउनु भएका पत्रकार बिष्णुप्रसाद पोखरेल सम्मानित हुनु भएको छ । झापाको लखनपुर ५ स्थित गेउरीयमा रहेको इन्द्रेणी सहकारी संस्थाले पत्रकारिताको माध्यमबाट सहकारीको क्षेत्रमा र अन्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । 
बिहिबार एक कार्यक्रमबीच सहकारीका अध्यक्ष रत्न थापाले दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो । थापाका अनुसार सहकारीको २० स्थपना दिवसको अवसर पारेर पत्रकार पोखरेलको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सहकारीले स्थपना दिवसको अवसर पारेर रक्तदान, छात्रबृति प्रदान, उत्कृष्ण सहकारीका सदस्यहरुलाइ पुरुस्कार बितरण लगायतका कार्यक्रमहरु पनि गरेको छ । सम्मानित पोखरेल पत्रकार मञ्च दमकका अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रिय पार्षद हुन् ।



