खोटाङ, १६ मंसिर । नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।

उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् ।

सञ्चार सेवा अवरुद्ध भएपछि तीनै जिल्लाका बैंक तथा विभिन्न वित्तिय संस्था समेत प्रभावित भएका छन् । तीन वटै जिल्लाका लागि जडान गरिएको चित्रेथान टावर यस अघि पनि पटक पटक अवरुद्ध हुने गरेको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताए ।

पटक पटक अवरुद्ध हुने गरेको चित्रेथान टावरलाई व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल हुन नसकेको उनको भनाइ छ । तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको नेपाल टेलिकम राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए । ‘अवरुद्ध सञ्चार सेवा चाँडै सञ्चालनमा आउने छ,’ उनले भने । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah