नयाँ दिल्ली, ३१ भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय राष्ट्रपति भवनमा आज भएको भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा आगामी महिना हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।
यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।



