काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओम) का नव नियुक्त डिन डा. केपी सिहले राजीनामा दिएका छन्। उनले विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै त्रिवि उपकुलपति तीर्थ खनियाँ समक्ष राजीनामा पत्र पेस गरेका हुन्। चिकित्सा शिक्षा सुधारको माग राखेर निरन्तर अनसन बस्दै आएका डा. केसी १० औं पटक अनसन बस्दा राखेको मागमा आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने पनि छ। त्रिभुवन विश्वविद्यालयले बरिष्ठतामा पछाडि रहेका डा. सिंहलाई कात्तिक २८ गते डिन नियुक्ति गरेपछि केसीले त्यसै दिनदेखि अनसन सुरु गरेका थिए।उनको अनसनको २० औं दिनमा सिंहले राजीनामा दिएका हुन्।

डा. गोविन्द केसीले भने आफूले राखेका सबै माग पुरा नभएसम्म अनसन नतोड्ने बताएका छन्। उनका सहयोगी डा. जीवन क्षेत्रीले भने ‘सरले नवनियुक्त डिन डा. केपी सिहंको राजीनामा बाहेक अरु माग पनि राखेर अनसन बस्नु भएको हो, डिनले राजीनामा दिदैमा अनसन तोड्नुहुदैन।’ केसीले त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्ती लगायत ९ बुँदे माग राखेर अनसन बसेका हुन्। डिन. केपी सिहंले राजीनामा दिएपछि शुक्रबार नै केसीका समर्थक र सरकारी पक्षबीच बार्ता हुने भएको छ। बार्तामा सहमति भएमा केसीले अनसन तोड्ने सम्भावना पनि रहेको उनका सहयोगीले बताएका छन्।
Read more at: http://thahakhabar.com/news/6493

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah