दमक-फोहोर रहित दमक बनाउने उद्देश्यले गत वर्षको मंसिरबाट दमक सरसफाइ अभियान नै चलाएको दमक चौकमा पुनः फोहोरको थुप्रो लाग्न शूरु भएको छ । झापाका अरु शहरका सामु आफुलाई नमुना शहरको रुपमा उभ्याउने भन्दै नगरपालिका र यहाँका स्थानीयले अभियानै चलाएको दमकमा अहिले फोहोरको थुप्रो लाग्न थालेको हो । तामझामका साथ शूरु गरिएको अभियानको एक वर्ष पुग्न नपाउदै दमक बजारका अधिकांश चोकहरुमा फोहोरको थुप्रो देखिन थाले पछि स्थानीय चिन्तित बनेको छ । दमकको फोहोर ब्यावस्थापनका लागि समितिनै गठन गरेर शूरु गरिएको अभियान अहिले नाम निशानानै हराएको स्थानीय प्रदिप नेपालले बताए । उनले भने,‘ गत वर्ष त सधै यस्तै जस्तो गरि बाजा बजाएरै अभियान शूरु गरेका थिए अहिले त्यो अभियान काहाँ पुग्यो ?’।
चौक बजारमा भएको फोहोरको थुप्रोले फुटपातका खाजा पसललाई समेत असर गरेको छ । फुटपातमा खाजा पसल सञ्चालन गर्दै आएका शुसिल शाह भन्छन्,‘ फोहोरले धेरै असर गरेको छ, झिँगा भन्किएर यहाँ ग्राहक समेत आउन छाडेका छन्’ । सरसफाई अभियान चलाएको ४३ औँ हप्ता सम्म त दमक 2नगरपालिका क्षेत्रमा प्रत्येक हप्ताको शनिबार स्थानीय सबै जुटेर नगर सरसफाई हुने गथ्र्यो । अभियानका क्रममा नगर क्षेत्रका खोला साथै आसपासका सबै ढलहरु समेत सफाई गरिएको थियो अहिले त्यस क्षेत्रमा फोहोरको थुप्रो नै लागेको छ । तर पछिल्लो समय अभियानको नाम समेत सुनिन छाडेको छ । सरसफाई अभियानका सदस्य सचिव शंकर बस्नेतका अनुसार ४३ औँ हप्ताबाट जनता सचेत भए भनेर प्रत्येक हप्ता सफार्य गर्न छाडिएको थियो । अहिले पुनः दमक फोहोरले कुरुप बन्दै गएको स्वीकार्दै उनी भन्छन्,‘अभियानमा नगरपालिकाले नै सहयोग गरेन, नगरपालिकाले निजी संस्थालाई फोहोर ब्यावस्थापनको जिम्बेवारी निजी संस्थालाई दिएको भन्दै नैतिक दायीत्वबाट पन्छन खोज्दै छ’ । दमकका प्रत्येक चौकमा फोहोरका थुप्रोहरु बढ्न थालेकाले अभियान समितिले अब तत्काल पुनः अभियान सञ्चालन गर्ने उनले बताए । दमकको जतातै फोहोर छरिएको समेत उनले स्वीकार गरे ।
सुन्दर हराभरा हरित दमक शहर बनाउने लक्ष्यका साथ दमक नगरपालिका ,उद्योग बाणिज्य संघ लगाएतका संघसंस्था समेत जुटिरहेको पाइन्छ । स्थानीयहरुले फोहोर ब्यवस्थापनका लागि भन्दै प्रत्येक घरधुरीबाट न्युनतम ५० देखि १५० रुपैयाँ सम्म मासिक कर समेत नगरपालिकाको कार्यालयमानै काउन्टर राखे
र उठाउदै आएका छन् । नगरपालिकामा अन्य काम गर्न आएका स्थानीयलाई फोहोरको शुल्क नतिरे सम्म अन्य सेवा सुबिधानै उपलब्ध नगराई शुल्कलाई समेत अनिवार्य बनाएको छ । नगरपालिकाले फोहोर उठाउने गाडीको समेत ब्यवस्था गरेको । सरसफाई अभियानलाई निरन्तरता दिन चौकचौकमा अब खबरदारी गर्नुपर्ने स्थानीय युवा सुभाष सुवेदी बताउँछन् ।

https://www.youtube.com/watch?v=BVF_cK1KVMA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय