१७ मंसिर । पाँच नम्बर प्रदेश टुक्र्याएर पहाड र तराई अलग गर्नेगरी संविधान संशोधन प्रस्ताव दर्ता गरिएपछि त्यस क्षेत्रका सबै पार्टी आन्दोलित भएका छन् । बुटवलमा सबै पार्टीका नेताहरुको सहभागितामा भएको जनप्रदर्शनमा मानवसागर नै उर्लिएको छ । बुटवलमा भएको प्रदर्शनमा एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसाल सहभागी भएका छन् । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेसका चन्द्र भण्डारी समेत सहभागी छन् ।   यसअघि बुटवलमा शुक्रबार भएको संयुक्त कार्यकर्ता भेलामा पाँच नम्बर प्रदेश कुनै हालतमा टुक्र्याउन नदिने एमाले, माओवादी र कांग्रेसका नेताहरुले स्पष्ट पारेका छन् ।

भेलामा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले भने, अब पार्टी र अनुशासन भनेर बस्ने कि जनता र देश भनेर हिंड्ने ? म त जनता र देश भनेर हिंडिसकें । जनता भए न पार्टी हुने हो ।  भेलालाई सम्बोधन गर्दै काँग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले भने–‘यस्तो प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैनौँ । यसको विरुद्धमा सडकदेखि सदनसम्ममा सङ्घर्ष जारी रहन्छ ।’ भेलालाई एमालेका उपमहासचिव विष्णु पौडेल, कांग्रेसका चन्द भण्डारी लगायतले सम्बोधन गरेका छन् ।  ५ नम्बर प्रदेशबाट निर्वाचित ठूला दलका नेताहरु शुक्रबार बुटबवलमा भएको विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसाल दुवै बुटबलमा पुगेका छन् । बुटवलमा भएको जनप्रदर्शनमा सबै दलका नेता कार्यकर्ता पाँच नम्बर प्रदेश टुक्र्याउने मागको विरुद्धमा उत्रिएका छन् । ब  ५ नं प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय संघर्ष समिति गठन गरी प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर