काठमाडौँ, १८ मङ्सिर । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न आज राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ ।

राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो ।

वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको बताए ।

‘प्रक्रिया पुर्‍याएर डिनको नियुक्ति गर्न आज समयले पुगेन’ उनले भने ‘त्यसका लागि त्रिविका पदाधिकारीसँगको छलफलमा जतिसक्दो चाँडो टुङ्गो लगाउन सहमत भइयो ।’

उनले भने, ‘त्रिवि स्वायत्त निकाय भएकाले उसको आफ्नै प्रक्रियाअनुसार डिनको नियुक्ति गर्नुपर्ने हुन्छ तर पनि राज्यसत्ता सरकारको नियन्त्रणमा हुने भएकाले त्यसलाई अगाडि बढाउन सरकारले सक्रियता लिएको हो, डिनको नियुक्ति सरकारले गर्ने होइन त्रिविले गर्ने हो ।’

निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीको वार्ता टोलीले तयार पारेको सहमतिको मस्यौदाका विषयमा डा केसीले त्रिविका उपकुलपतिको राजीनामालाई मुख्य शर्तका रुपमा उठाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । उक्त मागका सन्दर्भमा वार्तामा छलफलै नभएको सचिव श्रेष्ठले बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठका अनुसार दुई वार्ता टोलीबीच १० बुँदे सहमतिपत्र तयार भएपनि हस्ताक्षर हुन बाँकी छ ।

सहमतिअनुसार केही दिनअघि नियुक्ति भएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहले राजीनामा दिइसकेकाले  शनिबार नै डिन नियुक्त गर्नेलगायत विषयमा सहमति हुने विश्वास व्यक्त गरे ।

वार्तामा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले डिनको नियुक्तिको विषय स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भएकाले वार्तामा आफूले सहजकर्ताको भूमिका मात्र निर्वाह गरेको प्रतिक्रिया दिए ।

वार्तामा स्वास्थ्यमन्त्री थापा, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा तीर्थ खनियाँ सहभागी थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah