दमक÷नेपाल जेसिसका राष्ट्रिय अध्यक्षका उम्मेदवार प्रकाशप्रसाद अधिकारीलाई जिताउनका लागि स्वतस्फूर्त रुपमा देशब्यापी अभियान शुरु भएको छ । दमक जेसिसका पूर्व अध्यक्ष, नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्षसम्म भइसकेका अधिकारीको अभियानलाई सहयोग गर्ने क्रम समेत शुरु भएको छ ।
दमकका यूवा ब्यवसायि दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नबिनकुमार अग्रवालले रु १ लाख र ध्रुवतारा स्पोर्टीङ क्लवका अध्यक्ष भीमराज केसीले अभियान सञ्चालनका लागि रु २५ हजार आर्थिक सहयोग समेत प्रदान गरेकाछन् । उनिहरुले आइतवार दमक जेसिसको आयोजनामा भएको बिशेष छलफल कार्यक्रममा उक्त सहयोग गरेकाहुन्
युवाहरुको मन युवाहरुमा जोड्ने अभियान लिएर मेची देखि महाकाली भ्रमणको क्रममा अधिका जेसिस शाखाहरुले अधिकारीलाई खुलेर समर्थन गरेको र स्वतस्फुर्त रुपमा उनलाई जिताउन अभियान शुरु भएको दमक जेसिसका अध्यक्ष सन्तोष अधिकारीले बताएकाछन् । उनका अनुसार अहिले काठमण्डौका जेसिसहरुमा अभियान जारी रहेको छ ।
प्रकाशप्रसाद अधिकारीको समर्थन र सर्वसम्मतको वातवरण बनिसकेको अवस्था रहेको बताइन्छ । अहिले केहि उम्मेदवारको चर्चा रहेपनि अधिकारीको पक्षमा देशभरका जेसिसहरु रहेकाले उनिहरु उठ्न समेत डराएको तर जबरजस्त रुपमा उठाउन खोजिएको नेपाल जेसिसका एक उपाध्यक्षले बताएकाछन् । अधिकारीको पक्षमा देशभरका ८० प्रतिशतभन्दा बढि शाखाहरुले समर्थन जनाईसकेको बताइन्छ ।
अधिकारीलाई जिताउनका लागि नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्षहरुले समेत देशब्यापी अभियान शुरु गरेकाछन् । ठाँउठाँउमा लभिङ गर्ने र जेसिसलाई नयाँ आयाम दिनका लागि अधिकारीलाई जिताउन उनिहरुले आग्रह गर्दै आएकाछन् । अधिकारीको जित शुनिश्चित भएको बताउदै ९० प्रतिशतभन्दा बढि जेसिस सदस्यहरुको मन जित्नका लागि आफूहरु प्रयासरत रहेको दमक जेसिसका महासचिब बद्रि बरालले बताए ।



