काठमाडौँ,  २० मंसिर  । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग दलहरू मिलेर राष्ट्रका समस्यालाई निकास दिन आग्रह गरेकी छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवासमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । सो अवसरमा नेपालको संविधान कार्यान्वयनमा देखा परेका चुनौती तथा समसामयिक राजनीतिक विषय, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचनलगायतका विषयमा छलफल केन्द्रित भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको सहभागिता थियो । छलफलमा सत्तारूढ दलका नेताहरूले संविधान संशोधनको प्रस्तावलाई पारित गरेर निर्वाचनमा जानका लागि आग्रह गरेका थिए भने मधेसी दलका नेताहरूले यथास्थितिमा संविधान संशोधनको प्रस्तावले समस्या समाधान हुँदैन भन्दै परिमार्जनको आवश्यकता औँल्याए । नारद गौतमले गाेरखापत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah