दमक÷झापाको लखनपुर ४ स्थित निर्माणाधिन रहेको क्षेत्रिय आयूर्बेदीक चिकात्सालयमा गाँउघर क्लिनिक शुरु हुने भएको छ । आउदो मंसिर २८ गते बृहत निशुल्क आर्यूबेदिक स्वास्थ्य शिबिरको आयोजनासंगै महिनाको दूइ दिन आयूर्बेदिक स्वास्थ्य सेवामा पहुच बिस्तारका लागि गाँउघर क्लिनिक सञ्चालन हुन लागेको हो ।
जिल्ला आर्यूबेद स्वास्थ्य केन्द्र झापाको आयोजना र लखनपुर गाबिसको संयोजनामा बिशेषज्ञहरुको सहभागितामा एकदिने आयूर्बेदीक स्वास्थ्य शिबिर हुने लखनपुर गाबिस सचिब राजकुमार श्रेष्ठले बताए । उनका अनुसार एकहजारभन्दा बढि बिरामीहरुले यसबाट सेवा लिने ब्यवस्था मिलाउने तयारी भएको छ ।
कबिराज निरिक्षक एवं बैगुन्धुरा आर्युबेद औषाधलयका प्रमुख बेदप्रकाश शर्माका अनुसार पुराना तथा नयाँ रोगहरुको निशुल्क जाँच तथा औषधि बितरणको ब्यवस्था मिलाइनेछ । स्वास्थ्य शिबिरपछि प्रत्येक महिना दूइवटा गाँउघर क्लिनिक सञ्चालन हुँदा त्यहाँ पनि निशुल्क रुपमा औषधि समेत उपलब्ध हुने उनले जानकारी दिए ।
सरकारले प्रत्येक प्रदेशमा एक क्षेत्रिय आर्यूबेद चिकित्सालय खोल्ने तयारी अनुसार लखनपुरमा चिकात्सालयको भवन निर्माणधिन रहेको छ । निर्माणको कामहरु धमाधम भइरहेको र चाडो काम गराउनका लागि आफूहरुले सरोकरवाला निकायहरुमा दबाब दिइरहेको रेखदेख समितिका अध्यक्ष मणिकुमार भण्डारीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Sawal Nepal