२० मंसिर । संविधान संसोधनको विरोधमा पश्चिम नेपालमा विभिन्न जिल्लामा आन्दोलन जारी रहेको छ । रुपन्देहीको बुटवलमा सबैभन्दा बढी प्रदर्शन भइरहेको छ । आजदेखि दिउँसो ४ बजेसम्म राजमार्गमा कुनैपनि गाडी चल्न नदिने आन्दोलन संघर्ष समितिले निर्णय गरेको छ । बिहानैदेखि प्रदर्शन सुरु भइसकेको छ । स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा भने आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तर भिच्छु चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah