दमक÷मापदण्ड पुरानगरि सञ्चालनमा आएका झापाका आधा बढी डेन्टल अस्पताल तथा क्लिनीकहरुहरुलाई सम्बन्धित निकायले कारवाही नगर्दा सेवाग्रीले सर्वशुलव तरिकाबाट सेवा पाउनबाट बञ्चित भएका छन् ।
नियमकारी निकायबाट प्रभावकारी अनुगमन नहुदाँ जिल्लाका अधिकांश डेन्टल स्वास्थ्य संस्थाहरु नियम विपरीत सञ्चालनमा आएर सेवाग्राहीलाई ठग्दै आएका हुन् । यसले गर्दा त्यस्ता अस्पतालहरुबाट सर्वसाधारणहरु ठगिदै आएको पाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अनुमति लिएर हालसम्म २१ वटा डेण्टल हस्पिटल तथा क्लिनिकहरु सञ्चालनमा रहेका छन् । जसमध्ये दमकमा ८ डेन्टल क्लिनक दर्ता भएका छन् । तर दमकमा मात्र अवैधानिक रुपमा दुई दर्जन बढी डेन्टल सञ्चालन भई रहेको स्थानीयले बताएका छन् । दर्ता भएका धेरै त्यस्ता स्वास्थ्य संस्थाहरुले समेत नियमानुसार चल्न सकेका छैनन् । कार्यालयले गत वर्ष गरेको अनुगमनका क्रममा प्रकृया पूरा नगरेका ४ वटा डेण्टल अस्पतालहरुको सञ्चालन दर्ता अनुमति पत्र खारेजी गरिदिएको छ ।
मापदण्ड पूरा नगरी सञ्चालनमा आएका मानव डेण्टल हस्पिटल दमक, सहारा डेण्टल हस्पिटल दमक, श्रीमानव डेण्टल हस्पिटल विर्तामोड र प्रोपब्लिक डेण्टल हस्पिटल विर्तामोडको अस्पताल सञ्चालन अनुमति खारेज गरिएको कार्यालयले जनाएको छ । तर पछिल्ला समय यी चारवटा अस्पतालहरु क्लिनीकका रुपमा दर्ताको प्रकृया रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख देबराज कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘जनशक्ति अभावले पछिल्ला दिनमा अनुगमन गर्न सकिएको छैन, त्यसैले नियमविपरित सञ्चालन हुने डेन्टल धेरै छ अब तत्काल अनुगमन गरि कारवाही अघि बढाउछौँ’ । यस्ता स्वास्थ्य सेवा प्रदायकहरुको नियमनकारी निकायले समय समय गर्नुपर्ने अनुगम प्रभाबकारी हुन नसक्दा आफुखुशी ढंगले सेवा सञ्चालन गरिरहेको पाईन्छ । यता अस्पताल सञ्चालकहरु भने आफुहरु कारबाहीमा नपरेको जिकिर गर्दैै अस्पतालबाट स्वयम घटुवा गराई क्लिनीक दर्ताको प्रक्रियामा गएको बताउदै आएका छन् । पूरानो निर्देशिकालाई संशोधन गर्दै स्वास्थ्य संस्था सञ्चालन तथा स्तरउन्नति मापदण्ड सम्बन्धिको निर्देशिका २०७० लागू भइसकेको छ । तर नयाँ निर्देशिकाले हाल सञ्चालनरत डेण्टल क्लिीनक तथा अस्पतालहरुको छुट्टै व्यवस्था गरेको भएपनि कार्यान्वयन अबधि पाँच वर्षको तोकिदिएको छ ।
जस अन्र्तगत पुरानो निर्देशिकालाई खारेजगर्दैै लागू भएको नयाँ निर्देशिका अनुसार २०७० माघदेखी तीन वर्ष भित्रमा भौतिक संरचनाको तयारी र त्यसपछिको दुई वर्षमा सम्पुर्ण पूर्वाधारहरु तयार गरिसक्न निर्देशन गरेको छ । पछिल्लो निर्देशिकाले २५ बेड सम्मको डेण्टल अस्पातल सञ्चालनका लागि जिल्ला जनस्वाथ्य कार्यालयलाई निहित रहेको कार्कीले बताउनुभयो । सो भन्दा माथिका ५० बेडसम्मका लागि क्षेत्र र सो भन्दा माथिको भए विभागबाटनै अनुमति लिनु पर्ने उहाँको भनाई छ ।



