दमक÷नेपाल जेसिसको राष्ट्रिय महाअधिबेसन नजिकीदै गएपछि राष्ट्रिय अध्यक्षका उम्मेदवार प्रकाशप्रसाद अधिकारीको पक्षमा जेसिस शाखाहरुले समर्थन गर्ने क्रम जारी रहेको छ । देशब्यापी रुपमा अधिकारीको पक्षमा जेसिस लहर देखिदै गएको अवस्थामा पूर्वका बिभिन्न जेसिसहरुले सामुहिक रुपमा अधिकारीलाई बिजय गराउने अठोट गरेकाछन् ।
सोमबार सुनसरीको इटहरीमा भएको जेसिस अध्यक्षहरुको भेलाले अधिकारीको बिकल्प खोज्नु नहुने जनाउदै अधिकारीको पक्षमा प्रतिबद्धता जाहेर गरेपछि अधिकारी थप दर्बिलो भएकाछन् । जेसिसको एरिया ए अन्र्तगतका ३४ वटा शाखाहरुमध्ये २७ वटा शाखाहरुले अधिकारीको उम्मेदवारीलाई यस एरियाबाट सर्वसम्मत रुपमा लैजाने घोषणा सहित प्रतिबद्धता जनाएको दमक जेसिसका महासचिब बद्रि बरालले जानकारी दिए ।
इनरुवा जेसिसका अध्यक्ष सुरज निरौलाले संयोजन गरेको कार्यक्रममा बिर्ता जेसिसका पूर्व अध्यक्ष बिनोद बस्नेतको संयोजकत्वमा ७ सदस्यीय अधिवेसन ब्यवस्थापन तथा चुनावी रणनीति समिति समेत बनेको दमक जेसिसका अध्यक्ष सन्तोष अधिकारीले बताए । उनका अनुसार सन् २०१७ का लागि दमक जेसिसका पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारीको बिजय शुनिश्चित गराउनका लागि पूर्वबाट सबै जेसिसहरु एक भएर लाग्ने अठोटले थप उत्साह पैदा भएको छ ।
नेपाल जेसिसमा राम्रो छबि बनाएका अधिकारीको पक्षमा ८० पतिशतभन्दा बढि जेसिस शाखाहरुको समर्थन रहेको बताइन्छ । ‘हामी उज्यालो दिन्छा’ै भन्ने नाराका अघि बढेका अधिकारी मेची देखि महाकालीका युवाहरुको मन जोड्नका लागि आफ्नो उम्मेदवारी रहेको जनाउदै आएकाछन् । केहि ब्याक्तिको सिन्डिगेटका कारण नेपाल जेसिसको साख घट्दै गएको भन्दै अधिकारीको पक्षमा स्वतस्फूर्त रुपमा जेसिसहरुले समर्थन जनाउने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय