भैरहवा, २१ मंसिर भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने माथी मंगलबार राति ८ बजेतिर गोली प्रहार भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेमाथि गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समूहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

मंगलबार दिउंसो सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधनको विरोधमा हजारौंको संख्यामा प्रदर्शन भएको थियो, सो प्रदर्शनको नेतृत्व गरेका न्यौपानेलाई मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरि भाग्दै गरेका व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरिसकेको छ, पक्राउ पर्नेमा रुपन्देही सिपवाका विरेन्द्र यादव रहेका छन् भने अर्को व्यक्ति फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जनाएका छन्, पक्राउ परेका व्यक्तिबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।

स्रोतका अनुसार गोली हान्ने यादव मधेसी मोर्चाका स्थानीय नेता रहेको बुझिएको छ, धकधइमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनको विरोध गर्नेहरुलाई भौतिक कारबाही गर्ने भनेर चेतावनी दिएको केही घन्टामा नै उद्योगी न्यौपाने माथी गोली प्रहार भएको हो ।

न्यौपाने भने अहिले सकुशल रहेका छन्, घटनापछि न्यौपानेले  भने– ‘म असफसमै थिए । मोटरसाइकलमा आएका दुई जनाले २ राउन्ड गोली प्रहार गरे । भाग्यले बांचे !

दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय