काठमाडौं, २२ मंसिर । पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच-नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइएको छ । यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि देखिएको छ ।

भारतीय आतंककारी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनुरी धरानबाट ०६३ सालमा नेपाली नागरिकता प्रमाणपत्र लिए । उनले पहिलो संविधानसभा निर्वाचन अघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् ।

प्रहरीले उनलाई नागरिकता दिन सिफरिस गर्ने तत्कालीन समयका माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत नुनुलाल उरावलाई धरौटीमा छाड्यो ।

पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ । भारतीय नागरिक उनले झुटो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ ।

मधेस आन्दोलन चर्किएका बेला र भोटको आशामा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले वंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको हो ।

घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । शिविर सञ्चालन गर्नुभन्दा अघि र पछि पनि यहाँबाट थुप्रै भारतीयले नागरिकता लिएका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय