आश्विन १, २०७३ विश्वकर्मा पुजा आज धुमधामका साथ मनाइदैछ । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार तथा हतियारको पूजा गरी ज्ञान बिज्ञान तथा सीपका भगवान, बाबा बिश्वकर्माको पुजा गर्ने चलन छ । विभिन्न कलकारखाना तथा औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुले महत्वपुर्ण चाडका रुपमा बिश्वकर्मा पूजा गर्ने चलन छ ।

आजका दिन बिश्वकर्मा बाबालाई खुशी पार्न सके बर्षभरि फलिफाप हुने धार्मिक बिश्वास छ । आजका दिन नयाँ सवारी साधान किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधनको पूजा गर्ने गर्दछन् । तराईका पुर्वी जिल्लामा बिश्वकर्मा पूजालाई बिशेष महत्वका साथ मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय