मंसिर २२ – मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्गमा बस दुर्घटना भएको छ । पशुपतिनगर भ्रमणमा आएर फर्केको रौतहटको बस कोल्बुङ्ग-९ को मन्दिर नजिकै ब्रेक फेल भएर वालमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुई बालकसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकको अवस्था अझैपनि चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जसमा रौतहट हरहरिया गाविसका ५५ वर्षका राजु शाह गम्भीर छन् । रौतहटबाट पशुपतिनगरमा भ्रमणमा आएको ना ५ ख ३६२१ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय