दमक÷नेपाल जेसिसको अधिवेसन नजिक आएसंगै सन् २०१७ का लागि राष्ट्रिय अध्यक्षका उम्मेदवार दमक जेसिसले अघि बढाएका प्रकाशप्रसाद अधिकारी दर्बिलो बन्दै गएकाछन् । राजनीतिक र सिण्डिगेटको दबाबमा अर्को उम्मेदवार खडा गर्न खोजिएपछि अधिकारीलाई अधिकाँश जेसिस शाखाहरुले समर्थन गर्ने अवस्था आएको छ ।
जेसिसमा राम्रो र नेतृत्व गर्ने मान्छे भन्दा केहि सिण्डिगेट चलाउने ब्याक्तिहरुलाई खुसि तुल्याएर उम्मेदवार बन्ने प्रचलन संस्थागत बन्ने अवस्था देखिएपछि आगामि दिनमा नेतृत्व गर्न तयार रहेका जेसिस अभियानकर्मीहरु समेत डराउन थालेकाछन् । अधिकारीको बिकल्प खोजिनु नहुने र निर्बिकल्प रुपमा उनलाइ जिताउनु पर्ने आम जेसिसहरुको माग रहेको छ ।
युवाहरुको मन युवाहरुसंग जोड्ने अभियान लिएर करिब ६ महिनाअघिदेखि अध्यक्षको तयारीमा जुटेका र जेसिसहरुको समर्थन पाएका अधिकारीले पुरानो सिण्डिगेट तोड्ने अवस्था देखिएपछि केहिको टाउको दुखाइ शुरु भएको जनाइन्छ । तर जेसिस अभियानकर्मीहरुले अधिकारीलाई जिताउने प्रण गरिसकेकाले अब जीत शुनिश्चित भएको बताइन्छ ।
जेसिसको शाखलाई कायम राख्दै थप सम्मूनत बनाउने, आर्थिक स्मबृद्धिको अभियानमा युवाहरुलाई जोड्ने, जेसिसको मूलमर्मलाई कायम राख्दै नेपाली युवाहरुको एक साझा संस्था बनाउने, ब्याक्तित्व र नेतृत्व बिकासका लागि अन्तराष्ट्रिय अभ्यासहरुलाई नेपालमामा पनि संस्थागत गर्ने र जेसिस सदस्यभन्दा गर्व गर्ने अवस्था ल्याउनका लागि आफ्नो उम्मेदवारी भएको अधिकारी बताउछन् ।
आफूलाई जेसिस शाखाहरु र त्यहाँ आवद्ध सदस्यहरुप्रति बिश्वास रहेको जनाउदै उहाँहरुको बिश्वासलाई कहिल्यै पनि कुठराघात नगर्ने अधिकारीले बताउदै आएकाछन् । जेसिसका पूर्व अध्यक्षहरुको सम्मान, अग्रजहरुको अनुभव, समकालिनहरुसंगको सहयात्रा र नयाँ सदस्यहरुको जागरलाई समायोजन गरेर जेसिसलाई नयाँ गतिमा हिडाउने अधिकारी बताउछन् । जेसिसहरु भनेपछि सबैले सम्मानको दृष्टिले हेर्ने अवस्था ल्याउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय