काठमाडौं, २३ मंसिर । नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ ।
भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो । निर्देशिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ ।
भारतमा बिजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ । नागरिक दैनिकमा खबर छ ।



