पाल्पा– ‘कालो बादल, पुष्प, कुञ्ज छ उही, कालै छ जालो उही ।
कालै छन् मन, आँसु, शासन उही, कालो बिरालो उही ।।
कालो दीप उही, प्रकाश छ उही, कालै छ काली नदी ।
कालै छन् तरुताल शैल सलिता, कालै छ शाली नदी ।।
कालो शब्द सुधा पियर शवझैं, हामी कठै बाँच्दछौं ।
कालो वाण उही सहेर नटझैं हामी अझै नाच्दछौं ।।
हाम्रो चेत खुल्ने, होस गुम भो, देखिन्न आफ्नो मन ।
कालो चक्र छ राष्ट्र राज्य छ कता ? बुझ्नेहरुले भन ।।’

बिहीबार जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि कवि कमलबहादुर खत्री यी हरफहरु गुञ्जायस बनाउँदै थिए । कविको यो गुञ्जायासमा विरोधका नारा लगाउँदै थिए, पाल्पाली नागरिक। कसैले हातमा झण्डा हल्लाउँदै वा वाह चिच्याइरहेका। यो कुनै कविता वाचन प्रतियोगिता थिएन। तर, प्रतियोगितामा भन्दा बढी कविहरुले आ–आफ्ना विरोधका भाषा कवितामार्फत् व्यक्त गरिरहे। दुई दर्जन बढी व्यक्तिहरुले कविता वाचन गरेका थिए। ब्यानरमा ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ सहित सडक कविता अभियान २०७३ लेखिएको थियो।

संविधान संशोधनको प्रस्तावको विरोधमा पाल्पाका राजनीतिक दलहरुले सडकमै कविता वाचन गरेका हुन्। प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै आएका संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बन्द गराउँदै सडकमा कविता वाचन गराएको हो । संसदमा सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै राजनीतिक दल, पाल्पा उद्योग वाणिज्य संघ र नागरिक समाजले आह्वान गरेको बन्दका कारण नौ दिनदेखी पाल्पा जिल्ला ठप्प भएको छ। नौ दिनदेखि जारी राखेको यातायात, शिक्षण संस्था, कलकारखाना बन्दले सर्वसाधारण मारमा परेका छन्।

प्रस्तावको विरोधमा पाल्पामा दलहरुले आन्दोलनलाई एकपछि अर्को दिन सशक्त बनाउँदै लगेका छन्। उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर जिल्ला प्रशासन कार्यालय घेराउ र सबै सरकारी कार्यालय बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी बिहिबार पनि दलहरुले विभिन्न नारा लगाउदै प्रदर्शन गरेका छन् । दलहरुले बुधबारबाट पाल्पाका सरकारी कार्यालयमा धर्ना दिएका दिएर कामकाज समेत ठप्प पारेका छन् ।

शनिबारसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको समितिले धर्ना दिने र सरकारी कार्यालय बन्द गर्ने तथा शनिबार मानव साङ्लो प्रदर्शन गर्ने बताएका छन्। नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ पाल्पाले भने आन्दोलनमा समर्थन जनाएका छैनन् ।

बन्दका कारण जिल्ला सदरमुकाम तानसेनका विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् । तर जिल्लाकै दोस्रो ठूलो शहरको रुपमा परिचित पूर्वी पाल्पाको रामपुरमा भने विरोधका कार्यक्रम भएका छैनन् । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै मंसिर १५ गतेदेखी जिल्लामा निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि सडकमै धर्ना बसेर कविता वाचन गर्दै दलहरु।

नागरिक न्युज बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah