काठमाडौं, १ असोज ।सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने तालिकाको अन्तिम दिन शुक्रबार सात सय ५० भन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।
सामान्यले कार्यालय सहयोगीदेखि उपसचिवसम्मका मर्कचारीको सरुवा गरेको छ ।
विभिन्न कर्मचारी संगठनहरुले भने सामान्य प्रशासन मन्त्रालयले आफैंले बनाएको मापदण्डविपरीत सरुवा गरेको भन्दै विरोध गरेको आजकोनयाँ पत्रिकामा खबर छ ।
सरुवाप्रति तिव्र असन्तुष्टि जनाउँदै माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले नै शुक्रबार साझ सामान्य प्रशासन मन्त्रालय घेराउ गरेको छ । उनीहरुले मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलगायतका उच्च अधिकारीलाई भेटेर सरुवा गैरकानुनी रुपमा गरिउको भन्दै सच्याउन दबाब दिए ।
यसैगरी, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन र एमालेनिकट निजामती कर्मचारी संगठनका पदाधिकारीहरुले पनि सरुवा गर्दा मापदण्ड मिचिएको भन्दै मन्त्रालयमा पुगेर आपत्ति जनाएका थिए ।
सामान्यले सरुवा गर्दा सोर्सफोर्सलाई आधार बनाएको कर्मचारी संगठनहरुको आरोप छ ।



