२४ मंसिर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।
लेखानी-५ भदौरेमा बा ४ ख ३६२० नम्बरको बस शुक्रबार दुर्घटना हुँदा बसमा सवार ४२ मध्ये ३९ यात्रु घाइते भएका छन् । उदयपुरका प्रहरी अधिकारीका अनुसार दुर्घटना भएको बस हलेसी महादेवको दर्शन गर्न गएका दर्शनार्थी लिएर फर्कदै थियो । दुर्घटनाको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि कटारी लगिएको छ ।
बाक्लो हुस्सु र बसमा प्राविधिक समस्या अाएकोले बस दुर्घटना भएको हुनसक्ने अनुमान लगाइएको छ ।



