२५ मंसिर । कर्मचारीको तलब कति बढ्छ ? उमेर हदबन्दी कति बनाउने ? बढुवा कहिले हुन्छ ? सरूवा कहाँ मिलाउने ? यी निजामति प्रशासन भित्र वर्षभरी बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन् ।

जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामति प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावि बन्न पुगेको छ ।
सरकार फेरि निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० पुर्‍याउन निजामति सेवा ऐन,२०४९ मा पाँचौ संशोधन प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस चर्किएको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर