काठमाण्डौं, २६ मंसिर । नयाँ बस्तीमा एक समूहले प्रहरी चौकीका सईसहित ३ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले बताएको छ ।

दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शनिबार बेलुका शंकास्पद मृत्यु भएको थियो ।

मृतकका आफन्तले  लामालाई प्रहरीले नियन्त्रण लिएको र उनको हत्या भएको बताएका छन् । प्रहरीले भने उनको मृत्यु मृत्यु भएको बताएको छ ।

लामाले बा २ झ २२३ नम्बरको ट्याक्सी चलाउथे । प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित हुँदै आइतबार बिहान बौद्ध प्रहरी बिटमा आक्रमण गरेका थिए । बौद्ध प्रहरीका अनुसार आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलसमेत जलाएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेपछि २२ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेको प्रहरीले खबरडबलीलाई जानककारी दिएको छ । खबरडबली बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय