
काठमडौं, २८ मंसिर । नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्।
आजको नागरिक दैनिकमा खबर छ– कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।
थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिन सहमति गरेका हुन् ।
उनीहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन्।
ज्ञापनपत्रमा उनीहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्न माग गर्न अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने भएका छन्। उनीहरुले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन्।
नवलपरासीलाई ५ नम्बरमा राखी सो प्रदेशलाई थरुहट प्रदेश बनाउनुपर्ने निर्णय उनीहरुले गरेका छन् । आफ्ना माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने उनीहरुको ठहर छ ।