
२८ मंसिर । पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध भएपछि भारु सटही धन्दा मौलाएको छ । कालाबजारियाले हजार र पाँच सय दरका नोट प्रतिबन्धको फाइदा उठाउँदै सय दरका भारु नोटलाई धन्दा बनाउने अस्त्र थालेका छन् ।
आजको नागरिक दैनिकमा खबर छ– उनीहरु नेपाल राष्ट्र बैंकबाट सय दरका भारु नोट प्रचलित विनिमय दरमा साट्ने र बढी मूल्य लिएर बेच्ने धन्दामा सक्रिय छन् ।
तीर्थाटन, विभिन्न तालिम, शिक्षा एवं औषधोपचारका लागि भारत जाने तथा सीमाक्षेत्रमा बस्ने सर्वसाधारणलाई भारु प्रतिबन्धले पिरोलेको छ । उनीहरु मँहगो दरमै भए पनि कालाबजारियासँग सय दरका भारु नोट खरिद गर्न विवश छन् ।
पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध लगाइएपछि सय दरका भारु नोट साट्नेको घुइँचो राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयमा लाग्न थलेको छ । ठूला दरका नोट प्रतिबन्धित भएपछि उक्त स्थान सय दरका नोटले लिन थालेको हो ।